२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास

रुपन्देहीमा कोरोना संक्रमण देखिएका दुईजना सम्पर्क विहिन, सर्वसाधारणमा त्रास


बुटवल – रुपन्देहीमा कोरोना संक्रमण पोजेटिभ देखिए पछि दुई जना सम्पर्क विहिन भएका छन् । प्रदेश ५ को पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुईजना सम्पर्क विहिन भएका हुन् ।

उनीहरुले लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गराएका थिए । शुक्रबार संकलन गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि उनीहरु सम्पर्क विहिन भएका छन् । ‘उनीहरुलाई हाम्रो फोकल पर्सनले रिपोर्ट आए पछि फोन गर्नुभएको थियो। अब तपाईहरु यसो गर्नुपर्छ भने पछि भट्ने कुरा गरेका हुन् । त्यस लगत्तै मोवाइल स्वीच आफ गरे ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले भने उनीहरुको खोजी कार्य जारी छ ।’ उनीहरुले ठेगाना समेत गलत टिपाएको र मोबाइल नलाग्ने भएकाले खोजी कार्य जटिल भएको उनी बताउँछन् । स्वाव परीक्षण गर्दा बुटवल उपमहानगरपालिका वडा नं ६ को ठेगाना टिपाए पनि पहिलो फोन भैरहवामा रिसिभ भएको डा. गिरीले बताए ।

कारोना पोजेटिभ भेटिएका व्यक्तिहरु नै सम्पर्क विहिन भएपछि सर्वसाधारणमा भने त्रास फैलिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ