२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

थप ३ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ पुग्यो


कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. जागेश्वर गौतमले थप ३ जना संक्रमितको मृत्यु भएको जानकारी दिए।

मोरङ जिल्लाका ४५ वर्षीय पुरुष संक्रमितको विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेकाको क्रममा बुधबार मृत्यु भएको हो। त्यस्तै, अर्का पर्साला ७० वर्षीय वृद्ध संक्रमितको नारायणी अस्पतालमा मृत्यु भएको छ। त्यस्तै, पर्साकै अर्का ६८ वर्षीय संक्रमितको पनि बुधबार नै उपचारको क्रममा मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५२ पुग्यो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ