२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराट नर्सिङ होममा थप २ जना डाक्टरमा कोरोना पोजेटिभ

विराट नर्सिङ होममा थप २ जना डाक्टरमा कोरोना पोजेटिभ


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पतालमा) कार्यरत थप दुई जना डाक्टरसहित प्रदेश १ मा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याब र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा विराटनगरमा मात्र १६ जनामा संक्रमण देखिएको हो ।

विराटनगरको १६ जनामा मंगलबार देखिएको संक्रमितमध्ये एक जना विशेषज्ञ चिकित्सक हुन् । विराट नर्सिङ होमको संचालकसमेत रहेका चिकित्सक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पोजेटिभ देखिएपछि महानगरपालिकाले कट्रयाक्ट टेसिङ गरेर अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरूको स्वाब संकलन गरेको थियो ।

मंगलबार आएको रिपोर्टअनुसार विराट नर्सिङ होमको रेडियोलोजी विभागका एक जना चिकित्सक र अर्का विराट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक रहेको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । मंगलबार आएको रिपोर्टअनुसार सोही अस्पतालका अन्य ५ जना कर्मचारीहरूलाई पनि संक्रमण देखिएको विराटनगर महानगरपालिकाको कोभिड टिमका सुपरभाइजर हैदर अलीले जानकारी दिए ।

सोही दिन कोशी अस्पतालको फिभर क्लिनिकमा आएका विराटनगरका ७ जनामा कोरोना देखिएको कोशी अस्पतलाको मेसु डा. चुमनलाल दासले जानकारी दिए । गत आइतबार फिभर क्लिनिकमा आएका ३५ जनाको स्वाब संकलन गरिएकामध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको मेसु दासले जानकारी दिए । संक्रमित देखिएका लक्षणसहितका बिरामी रहेको उनले बताए । विराटनगरका अन्य दुई जनामा पनि संक्रमण देखिएको छ ।

मंगलबार मोरङमा १७, झापामा ३ र ओखलढुंगामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले बताए । उनका अनुसार हालसम्म ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ