२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सी र आइसीयु वार्ड सिल

कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सी र आइसीयु वार्ड सिल


जनकपुर – धनुषाका एक कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल सिल गरिएको छ । संक्रमण फैलिन नदिन अस्पतालको इमरजेन्सी वार्ड र आइसियु वार्ड आजदेखि सिल गरिएको हो ।

अस्पतालका निमित्त प्रमुख डा. जामुन सिंहले इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनका लागि सिल गरिएको बताए । उनका अनुसार जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी र आइसियु वार्ड सिल गर्ने निर्णय गरेको छ ।

मृतकको शव व्यबस्थापन गर्ने जिम्मेबारी पनि नेपाली सेनालाई दिने निर्णय भएको छ । शहिदनगर नगरपालिकाका ८ का ३८ वर्षिय व्यावसायीको आइतबार मृत्यु भएको थियो । शनिबार उनी उपचारका लागि अस्पताल पुगेका थिए । स्रोतका अनुसार उनको उपचार चिकित्सकले पिपिई बिना नै गरेको थियो ।

मृतकको उपचारमा संलग्न चिकित्सक र उनलाई अस्पताल लगेका आफन्तसहित सम्पर्कमा आएका सबैको पिसिआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ