२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु


वीरगञ्ज – कोरोना भाइरसको आरडिटी परीक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु भएको छ । आर्दशनगर घर भएका ६५ वर्षिय पुरुषमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार राती भर्ना गरिएको थियो ।

पहिलेदेखि मुटु रोगको बिरामी रहेका र श्वासप्रश्वासमा समस्या देखिएका उनको गण्डक अस्पतालमा राती मृत्य भएको अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले बताए । पिसिआर परिक्षणका लागि शनिबार नै उनको स्वाब संकलन गरिएको र आज रिर्पोट आउने डा. सिंहले बताए ।

पर्सामा समुदाय स्तरमानै कोरोना भाइरसको संक्रमण बढन थालेपछि शनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ । वीरगञ्जको नारायणी अस्पतालको ५० सैया क्षमता भएकोे अस्थाइ कोभिड गण्डक अस्पतालमा शनिबार रातीसम्म ५३ जनालाई भर्ना गरिएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ