२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मुटु रोगी र निमोनियाले ग्रसित थिइन मृतक संक्रमित वृद्धा

मुटु रोगी र निमोनियाले ग्रसित थिइन मृतक संक्रमित वृद्धा


जनकपुर – पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका ११ की ८५ वर्षीया वृद्धाको शुक्रबार विहान मृत्यु भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका हुन्।

डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ