विराटनगर–कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार रातीदेखि सम्पर्कविहीन बनेका विराटनगरका एक जना संक्रमित बिहीबार दिउँसो साढे ११ बजे सम्पर्कमा आएका छन् । संक्रमण पुष्टि भएको ३८ घण्टापछि विराटनगर महानगरपालिको सम्पर्कमा आएको विराटनगर महानगरपालिकाको जन– स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पुष्टि गरेका हुन् ।
सो संक्रमित नर्सिङ्ग होमकै चिकित्सक रहेको खुल्न आएको छ । उनको सोही अस्पतालबाट स्वाब संकलन गरेर कोशी अस्पतालको ल्याबमा लगिएको थियो । संक्रमित भेटिएसँगै विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको छ ।
पिसिआर प्रविधीबाट गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि मंगलबार राति देखि सम्पर्कविहिन बनेका थिए । स्वाब संकलनको क्रममा उनको पूरा नाम र प्रष्टसँग ठेगाना र सम्पर्क नम्बर पनि लगत टिपाएको कारणले संक्रमित फेला पार्न समस्या भएको थियो । संक्रमित सम्र्पकबिहीन बनेपछि मोरङ प्रहरी र महानगरपालिकाले खोजी कार्य तिव्र बनाएको थियो ।
‘सम्पर्कविहीन बनेका संक्रमितलाई खोज्न प्रहरी र महानगरपालिकाले निक्कै मेहनत गर्नु प¥यो,’ जनस्वास्थ्थ महाशाखा प्रमुख कार्कीले भने, ‘बिहीबार दिउँसो साढे ११ बजे संक्रमित आफैले फोन गरि महानगरपालिकाको सम्र्पकमा आएका छन् ।’ संक्रमितलाई विराटनगरस्थित कोशी अस्पतलाको कोभिड – १९ उपचार केन्द्रमा लैजाने तयारी गरेको उनले बताए ।