काठमाडौं—नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको छ । जसमध्ये सक्रिय केसको संख्या ५ हजार ८ सय २५ रहेको छ ।
पछिल्लो २४ घण्टामा १०३ जना कोरोना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ११ हजार ६ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशाला ३ हजार ३ सय ३१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
कहाँ कति नयाँ संक्रमित थिए ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशाला—मोरङका २ जना, तेह्रथुमका २ जना
कोशी अस्पताल प्रयोगशाला विराटनगर—इलामका १ जना, मोरङका ६ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर— झापाका १ जना, मोरङका १ जना
नारायणी अस्पताल प्रयोशाला— बाराका १ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— सर्लाहीका २ जना, नुवोकाट १ जना
प्रादेशिक प्रयोगशाला पोखरा प्रयोगशाला— बाग्लुङका १ जना, पर्वतका १ जना
प्रादेशिक प्रयोगशाला रुपन्देही— गुल्मीका २ जना, पाल्पाका २ जना
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला —दैलेखका १ जना
दैलेख पिसिआर प्रयोगशाला—दैलेखका ४ जना
चौरजहारी प्रयोगशाला— सल्यानका १ जना, रुकमुपश्चिम ३ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला— डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना
सेती प्रादेशिक अस्पताल प्रयोगशाला— कैलालीका १३ जना, कन्चनपुरका १ जना