२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्री यादवद्वारा बैद्यखानाको अनुगमन, ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन

स्वास्थ्य मन्त्री यादवद्वारा बैद्यखानाको अनुगमन, ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन


काठमाडौं-उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् । बुधबार स्वास्थ्य मन्त्री यादवले बैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न बैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएका छन् ।

सरकारको एकमात्र आधिकारिक जडिबुटि जन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामबारबाहीबारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्को अनुगमन गरेका हुन् । अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो ।

करिब चार दर्जनको संख्यामा कर्मचारी रहेको बैद्यखानामा चारजना मात्रै काम गरेको देखेर स्वास्थ्य मन्त्री यादवले चरम असन्तुष्टि जाहेर गरे । बैद्यखानाको दुरावस्था देखेर मन्त्री यादवले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन ।

मन्त्री यादवसँगै अनुगमन टोलिमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. के.के राई सहभागी थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ