२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबकुलहर अस्पतालमा मेजर सर्जरी सेवा सुरु

बकुलहर अस्पतालमा मेजर सर्जरी सेवा सुरु


चितवन -पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर अस्पतालमा पित्तथैलीमा ढुुंगा भएको (मेजर सर्जरी) सेवा सुरु भएको छ । गएको शनिबारबाट उक्त सेवा सुरु भएको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. विश्व बन्धु बगालेका अनुसार डा. दिपेन्द्र मल्लिक र डा. महेश पौडेलको नेतृत्वमा ६ जनाको टिमले शनिबार बिहान अन्दाजी ३५ वर्षीया एक महिलाको मेजर सर्जरी सुरु गरेसँगै बिरामीलाई अब भरतपुर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

 मेजर शल्यक्रिया गरिएको पूर्वी चितवनमा नै पहिलो भएको र यसले स्वास्थ्य बिमा गरेर मेजर सर्जरीको गर्नुपर्ने बिरामीलाई समेत सहज हुने मेसु बगालेले बताए । यसअघि अस्पतालले मेजर सर्जरीकै लागि बिरामीलाई भरतपुर अस्पताल रिफर गर्दै आएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ