गृहपृष्ठ ∕ प्रदेश १ ∕ म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १८:५८ मा प्रकाशित विराटनगर—मानव स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद गुज्रिएको औषधी बिक्री गरेको आरोपमा पक्राउ परेका विराटनगर– ९ को हाम्रो फ्रेन्डसीप फार्मेसीका संचालक विकास मण्डल धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजालसले मण्डललाई ३ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर मण्डल तारेखमा छुटेको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । गत १६ फागुनमा औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा फ्रेन्डसीप फार्मेसीबाट १५ प्रकारको औषधी म्याद गुज्रिएको बरामद भएको थियो । औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले हाम्रो फ्रेन्डसीप फार्मेसीबाट म्याद सकिएको औषधी बरामद गरेपछि संचालक मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका मण्डललाई हिरासतमा राखेर नेपाल औषधी व्यवस्था विभाग विराटनगरले अनुसन्धान पूरा गरेपछि अदालतमा अभियोग दायर गरेको थियो । अदालतमा अभियोग दर्ता भएपछि थुनछेक बहसपछि आएको आदेशले मण्डल छुटेका हुन् । मण्डललाई औषधी ऐन—२०३५ को दफा १८ बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो । फ्रेण्डसीप फार्मेसीले म्याद सकिएको औषधीमा लेबल लगाएर नयाँ मिति जारी गरी औषधी पुनः बिक्री गर्ने गरेको पाइएको थियो । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती… स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई १६ अर्ब ४५ करोड रुपैयाँ… दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा… जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं :… नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा… सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान ३ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ४ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा Kalpana Craft ट्रेण्डिङ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति बोझो प्रयोग गर्दाको १० फाइदा नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति बोझो प्रयोग गर्दाको १० फाइदा नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन