काठमाडौं—काठमाडौं उपत्यकामा ४२ जनासहित थप ११८ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयकाअनुसार काठमाडौंका २८ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडाैंका १ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडाैंका १५ जना, भक्तपुरका १ जना र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडाैंका १२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १२० जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ८ हजार ११ पुगेकोछ ।
शुक्रबार ११८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । जसमध्ये सक्रिय केस ८ हजार ६ सय ३ जना रहेका छन् ।
कहाँ कति ?
कोशी अस्पताल प्रयोगशाला विराटनगर— इलाम १ जना
प्रादेशिक प्रयोगशाला विराटनगर— पाँचथरका २ जना
गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला—सिरहा १ जना
प्रादेशिक प्रयोगशाला जनकपुर—धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका ६ जना र सिरहाका १ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— रसुवाका १ जना, डोटीका १ जना र सर्लाहीका १ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला—काठमाडौंका १ जना
भरतपुर अस्पताल प्रयोगशाला— चितवनका १ जना
पाटन अस्पताल प्रयोगशाला ललितपुर— बाँकेका १ जना, भक्तपुरका १ जना, काठमाडौंका १५ जना, काभ्रेका २ जना, ललितपुरका १३ जना, महोत्तरीका १ जना, रामेछापका १ जना, रौतहटका १ जना, सिन्धुलीका १ जना, सिन्धुपाल्चोकका १ जना
त्रिवि शिक्षण अस्पताल प्रयोगशाला—काठमाडौंका १२ जना, सर्लाहीका १ जना, इलामका १ जना, पाल्पाका २ जना, रुपन्देहीका १ जना, मकवानपुरका १ जना, धादिङका १ जना र कैलालीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा—बाग्लुङका २ जना र तनहुँका ८ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—गोरखाका १ जना, नवलपरासीका २ जना
प्रादेशिक प्रयोगशाला रुपन्देही—गुल्मीका ६ जना, पाल्पाका २ जना
दैलेख प्रयोगशाला—सुर्खेतका ७ जना, बाजुराका १ जना, दैलेखका २ जना
सुर्खेत प्रयोगशाला—डोल्पाका १ जना, सल्यानका १ जना र सुर्खेतका ४ जना