२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बर्दिवासमा ५० वेडको सरकारी हस्पिटल सञ्चालनमा, अहिले कोरोनाको उपचार मात्रै हुने

बर्दिवासमा ५० वेडको सरकारी हस्पिटल सञ्चालनमा, अहिले कोरोनाको उपचार मात्रै हुने


जनकपुरधाम—महोत्तरीको बर्दिवासमा ५० वेडको हस्पिटल सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक कार्यक्रमकाबीच शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले उक्त हस्पिटलको उद्घाटन गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले निर्माण गरेको उक्त हस्पिटलमा अहिले कोभिड–१९ संक्रमितको मात्र उपचार मात्र हुनेछ । कोरोना भाइरस संक्रमित भएका बिरामीहरुलाई उपचार गर्न अहिले ५० वटै बेडको सो हस्पिटललाई आइसोलेसन बनाइएको छ ।

हस्पिटलमा कोरोना भाइरस संक्रमण परीक्षण गर्न पिसिआर मेसिन जडान हुन लागेको स्थानीय शंकर महतोले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ