२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २गैरसरकारी संस्थाद्धारा सप्तरीमा कन्ट्याकटलेस हातधुने स्टेशन जडान

गैरसरकारी संस्थाद्धारा सप्तरीमा कन्ट्याकटलेस हातधुने स्टेशन जडान


जनकपुर- गैरसरकारी संस्थाद्धारा सप्तरीको खडक नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुमा कन्टयाक्टलेस हातधुने स्टेशन जडान गरेको छ । स्टेशन जडान गर्ने योजना अनुसार कल्याणपुर प्राथमिक स्वास्थय केन्द्रमा जडान गरिएको छ । स्टेश्नको एक कार्यक्रम विच खडक नगरपालीकाको प्रमुख मेयर हेमायु हकद्धारा हात धोएर उदघाटन गरिएको हो ।

खडक नगरपालीकाका स्वास्थ्य संयोजक जयकान्त पण्डित, वडा नं ७ का वडाअध्यक्ष राकेश कुमार साह लगायत स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेका थिए ।

कोरोना भाइरसबाट बच्नका लागि गरिने विभिन्न उपायहरु मध्ये साबुन पानीले हात धुनुको भुमिका प्रमुख रहेकोले स्वास्थ्य संघ संस्थाहरुमा दिनहुँ आउने सेवाग्राहिबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न हातधुने स्टेश्न जडान गरिएको संस्थाा प्रतिनिधि परमेशवर झाले वताए । झाका अनुसार खडक नगरपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुमा जडान गरिने बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ