विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको प्रवन्ध समयमै गरिएका कारण प्रदेश १ वासी आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले मजबुत पूर्व तयारी गरिएको दावी गर्दै प्रदेशवासीलाई ढुक्क रहन आश्वस्त पारे ।
प्रदेश १ सरकारले कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागी हालसम्म भएका कार्यहरुको प्रतिवेदन सार्वजानिक कार्यक्रममा शुक्रबार बोल्दै मुख्यमन्त्री राइले समुदायस्तरको संक्रमण नियन्त्रण गर्न सफल हुनुमा सवल पूर्व तयारीलाई मान्नुपर्ने बताए ।
प्रदेश सरकारले सीमा क्षेत्रमा सुरक्षा निकायका अंगहरुलाई परिचालन र व्यवस्थापनमा अवलम्बन गरेको योजना सफल मानिएको र आईसोलेशन अस्पताल निर्माण र उपचारका खेलेको भूमिकाले डर र त्रासबाट मुक्त हुने अवस्था आएको मुख्यमन्त्री राईको भनाइ थियो ।
नेपाल-भारत सीमा नाका पशुपतिनगर, भद्रपुर, रंगेली, रानी, भण्टाबारी हुँदै प्रवेश गर्नेहरुको संख्या पूर्वमानुमान गरेर होल्डिङ सेन्टर स्थापना र क्वारेन्टाइन व्यवस्थापनमा सरकारले लिइएको कदमले संक्रमणलाई रोक्न सजिलो भएको मुख्यमन्त्री राईले बताएका छन् ।