२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका ३ सहित थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंका ३ सहित थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार थप ५९३ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १०७ जना महिला र ४८६ जना पुरूष रहेका छन् । शुक्रबार शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १२४९ जना महिला र १० हजार ५ सय ६ जना पुरूष गरी ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ जना रहेको छ ।

कहाँ कति ?

कोशी अस्पताल प्रयोगशाला —मोरङका २ जना, झापाका १ जना, सुनसरीका १० जना

प्रदेश १ प्रयोगशाला विराटनगरमा— झापाका ३ जना

प्रादेशिक प्रयोगशाला जनकपुर— धनुषाका १२ जना, महोत्तरी ४ जना, सिरहाका ६ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज— धनुषाका ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा—अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, गोरखाका ५ जना, कैलालीका ३० जना, कन्चनपुरका ४२ जना, कपिलवस्तुका ९ जना, रौतहटका ४६ जना, सल्यानका १ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल— गोरखा १ जना, नवलपरासी पूर्व २ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना

भरतपुर अस्पताल प्रयोगशालामा—चितवनका १२ जना, कैलालीका १ जना, नवलपरासी पूर्वका २१ जना

हेटौडा प्रयोगशालामा—गुल्मीका १२ जना, कपिलवस्तुका ८ जना, रौतहटका ५ जना, सिन्धुलीका ३ जना

वीर अस्पताल प्रयोगशाला—रौतहटका ५ जना, सिन्धुलीका ३ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—कास्कीका १ जना, लमजुङका ६ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा—बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङजाका १ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही—अर्घाखाँचीका ३ जना, गुल्मीका १३ जना, कपिलवस्तुका ४ जना, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा— दाङका ७५ जना, प्युठानका २० जना

प्रादेशिक प्रयोगशाला सुर्खेत—दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सल्यानका ३ जना, सुर्खेतका १२ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—जुम्लाका ३ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ