गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय फडिन्द्र अकिञ्चन शुक्रबार, २०७७ असार १२ गते, १३:४२ मा प्रकाशित पोखरा – कोरोना कहरका बेला पोखराको मणिपाल शिक्षण अस्पतालले टिकट शुल्कसहित अन्य सेवाको मूल्य बढाएको छ । यसअघि ओपीडि सेवा लिदा लिदइने गरेको १ सय रुपैयाँ लाइ अहिले ओपिडी र इमर्जेन्सी दुवै शुल्क एकैठाँउ जोडेर ६ सय बनाइएको छ । कोरोना महामारी अघि सामान्य शल्यक्रिया शुल्क २ हजार १ सय लिइदै आएकोमा ३ हजार ४ सय ९५ बनाइएको छ । सिटी स्क्यान, इको लगायतका जाँचको समेत शुल्क बढेको छ । कोरोनाका कारण बिरामी घटेपछि अस्पताल खर्च धान्न सामान्य मूल्यवृद्धि गर्नुपरेको अस्पतालको भनाइ छ । अहिले नोक्सान बढेपछि केही शीर्षकमा मूल्य बढाएर अस्पतालको खर्च धान्नुपरेको अस्पतालका मानव संशाधन प्रमुख भानु भारध्वाजले बताए । उनले अझै पनि मणिपालको सेवा सरकारी अस्पतालको भन्दा सस्तो भएको दाबी गरे । दैनिक १ हजारभन्दा बढीले सेवा लिने मणिपालमा अहिले करिब २० प्रतिशतमात्र बिरामी आएको अस्पतालका अधिकारीहरुको दाबी छ । दैनिक २ सय हाराहारी बिरामी आउँदा खर्च धान्न निकै कठिन भएपछि केही जाँचमा मूल्य थोरै बढाएको भारद्वाजको भनाइ छ । यसरी भएको मूल्यवृद्धिले सेवाग्राही भने मर्कामा परेका छन् । पोखरा १० बाट मणिपाल पुगेका रोशन गुरुङले महामारीमा अस्पतालहरुले समेत ढाड सेक्न खोजेको गुनासो गरे । उनले भने, पुराना डाक्टरले जाच्दा रहेनछन्, पढ्दै गरेका विद्यार्थीले जाँच्ने, शुल्कचाहिँ यति महंगो कसरी हुन्छ ?’ उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला अहिलेको महामारी, आर्थिक मन्दीको अवस्थामा अस्पतालले गरेको मूल्यवृद्धि अस्वभाविक र आपत्तिजनक भएको बताउँछन् । उनले भने, ‘सबैले कही न कही राहत दिनुपर्ने समयमा अस्पतालले सामाजिक उत्तरदायित्व त वहन गरेन नै उपभोक्ताको ढाड सेक्यो ।’ क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #कोरोना, #पोखरा, #मनिपाल शिक्षण अस्पताल, #महामारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ३ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान ४ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा Kalpana Craft ट्रेण्डिङ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन् नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन्