गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १६:०० मा प्रकाशित -प्रनिस थापा चितवन – चितवनको राप्ती नगरपालिकाले जिल्लामा नै पहिलोपटक महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाले राप्ती ६ मा रहेको भण्डारा माध्यमिक बिद्यालयमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहदा नगरपालिकाले भने भण्डारा माध्यमिक बिद्यालयमा ५० शैय्याको महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाका अनुसार क्वारेन्टाइन तत्कालका लागि ३० शैय्याको भए पनि ५० शैय्यामा पुर्याउने आफूहरुको लक्ष्य रहेको नगरपालिकाकी प्रमुख मेयर प्रभा बरालले बताइन् । मेयर बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ । तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टाइनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टाइनमा राखिने उनले बताए । राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टाइनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ४ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने ७ कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछः मन्त्री भण्डारी Kalpana Craft ट्रेण्डिङ बुटवल बजारमा अखाद्य सामानको खुलेआम बिक्री सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ धनगढीका औषधि पसलमा अनुगमन सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी १७ देशमा देखियो एमपक्स, एसियाली तीन देशमा संक्रमण पुष्टि खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु बुटवल बजारमा अखाद्य सामानको खुलेआम बिक्री सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ धनगढीका औषधि पसलमा अनुगमन सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी १७ देशमा देखियो एमपक्स, एसियाली तीन देशमा संक्रमण पुष्टि खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु