अर्घाखाँचीका ३ जनामा कोरोना संक्रमण पुष्टि

-प्रनिश थापा
चितवन – चितवनमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार भरतपुर अस्पतालमा रहेको कोभोड-१९ प्रयोगशालामा परीक्षण गर्दा अर्घाखाँचीका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा अर्घाखाँची भूमिका स्थानका २७ र २८ वर्षीय, मालारानीका २९ वर्षीय पुरुष गरी तीन जना रहेका छन् ।
मंगलबार अर्घाखाँचीका २००, देवचुली नगरपालिकाका ५२, चितवन मेडिकल कलेजका १, पुरानो मेडिकल कलेजका १, भरतपुर कोभिड ल्याबका १ जनाको स्वाब नमुनको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
२५५ जनाको प्रयोगशालामा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी २५२ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ३ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ५ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म
तपाईको प्रतिक्रिया दिनुहोस