२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि


चितवन-चितवनमा थप ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १४ बस्ने ३६ वर्षीय एक पुरुषसहित नवलपुर, नुवाकोट र अर्घाखाँची जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो जेठ ३२ गते परीक्षण गरिएको ३ सय ८१ नमूना मध्ये ७ जनामा पोजेटिभ रिपोर्ट आएको हो । पोजेटिभ रिपोर्ट आउनेहरुमा भरतपुर १४ बस्ने वर्ष ३६ का पुरुष, नवलपुर वौदीकाली ४ बस्ने वर्ष २० का एक पुरुष, ताराकेश्वर ५ नुवाकोट बस्ने वर्ष ६ र वर्ष ३१ का महिला, भुमिकास्थान ६ अर्घाखाँची बस्ने वर्ष २०, वर्ष ३५ र वर्ष ३५ का पुरुष गरी जम्मा ७ जनामा कोभिड-१९ पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

त्यस्तै, अस्पतालका अनुसार सल्यानका ८६, भरतपुर अस्पतालका १८, भरतपुरस्थित क्यान्सर अस्पतालका १८, चितवन मेडिकल कलेजका ९, पुरानो मेडिकल कलेजका ३१, नुवाकोटका ३२, अर्घाखाँचीका १२१, भरतपुर महानगरपालिकाभित्रका क्वारेन्टिनका ३३, खैरहनीका ८, सेन्ट्रल अस्पतालका १, नवलपुका २४ जनाको परीक्षण गर्दा ३ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ