२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्य५ महिना नाघीसक्दा पनि कोरोना संकट रोकिएन, संक्रमितको संख्या ७९ लाख कट्यो

५ महिना नाघीसक्दा पनि कोरोना संकट रोकिएन, संक्रमितको संख्या ७९ लाख कट्यो


चीनबाट सुरु भएको कोरोना संक्रमण तीव्ररुपले विश्व भर फैलिरहेको छ ४ महिना पार गर्न लाग्दा समेत संक्रमण रोकिएको छैन ।जसकारण दैनिक कयौं संक्रमणका केसहरु देखिरहेको छ ।

पछिल्लो २४ घण्टासम्मको विवरणअनुसार हालसम्म ४ लाख ३३ हजार १ सय ९३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । त्यस्तै, संक्रमितको संख्या मात्रै ७९ लाख १६ हजार ४ सय ६ पुगेको छ । संक्रमणलाई जित्नेको संख्या ४० लाख ६८ हजार ८६ रहेको छ ।

पछिल्लो समय इरानमा पनि संक्रमणको केस व्यापकरुपमा देखिन थालेको छ । इरानको स्वास्थ्य मन्त्रालयको अनुसार एक दिनमै १०० भन्दा बढी केस देखिन थालेको छ । हालसम्म त्यहाँ ८ हजार ८ सय ३७ संक्रमितले ज्यान गुमाएका छन् ।

यता रुसमा २४ घण्टामा ८ हजार ८ सय ३५ केस देखिएको छ । जहाँ संक्रमितको संख्या  ५ लाख २८ हजार रहेको छ ।

अमेरिका र ब्राजिल पछि सबैभन्दा बढी संक्रमण देखिएको देश रुस हो ।  यस्तै, रुस पछि छिमेकी राष्ट्र भारतमा संक्रमण व्यापकरुपमा फैलिरहेको छ । भारतमा हालसम्म ३ लाख २४ हजार ४ सय ८२ जनामा संक्रमण पाइएको छ भने ९ हजार बढीले ज्यान गुमाएका छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ