२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ?

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ?


जनकपुर – प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेश मा १ सय १० जनामा संक्रमण पुष्टि भएको हो  ।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १४ पुगेको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । आइतबार संक्रमित हुने ११० जना मध्ये १०५ पुरुष र ५ जना महिला छन् ।

रौतहटमा ७४, पर्सामा १७, बारामा १२, धनुषामा १, सर्लाहीमा ६, जनामा संक्रमण पुष्टि भएको हो । धनुषामा जनकपुरधाम उपमहानगरपालिका स्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाको बरहथवा नगरपालिकाका १९ बर्षिय पुरुष तथा सर्लाही जिल्लाकै हरिपुर नगरपालिकाका १ देखि १८ वर्ष उमेर समुहका ३ जना र ४२ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको बृन्दाबन नगरपालिकाका १८ वर्षिय किशोर सहति २१ र २५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी रौतहट जिल्लाको परोहा नगरपालिकाका १ देखि १८ वर्ष उमेर समुहका २ जना र सोही नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाको राजपुर नगरपालिकाका ५ बर्षिय वालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाको १४ बर्षिय वालक सहित १९ देखि ४० वर्ष उमेर समुह ४ जना र १ देखि १८ बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

परोहा नगरपालिका स्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ३, १२ १५, १७ बर्षिय वालकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्वारेन्टाइनमा रहेका ४५ वर्षिय पुरुष सहित १९ देखि ४० वर्षका ११ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै इशनाथ नगरपालिकाका ३० वर्षिय महिला तथा १० र १४ वर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ९ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै देवाही गोनाही नगरपालिकाका १८ वर्षिय किशोर र ४८ बर्षिय पुरुष सहित १९ बर्ष देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै यमुनामाई गाउँपालिकाका १६ वर्षिय किहोर तथा २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट कै गढीमाई नगरपालिकाका १९ र २१ तथा माधव नारायण नगरपालिकाका ३५ वर्षिय पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी रौतहट जिल्लाकै अनोरीलाल माबी, ध्यूरा मावि, जनता मावी र पियुर एकेडेमीका क्वारेन्टाईनमा रहेका थप ४ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लाको पचारौता नगरपालिकाका १६ वर्षिय वालक सहित १९ देखि ४० वर्ष उमेर समुहका १२ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका ३६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ४५ बषिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुका कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा जिल्लाकै बीरगंज उपमहानगरपालिकाकी ३० वर्षिय महिला, सखुवा पर्साैनी गाउँपालिकाका ४० वर्षिय पुरुष, बिन्ध्यवासिनी गाउँपालिकाका २६ बर्षिय पुरुष, जिरा भवानी गाउँपालिकाका ३२ बर्षिय पुरुष, धोकिनी गाउँपालिकाका २७ वर्षिय पुरुष, पर्सागढी नगरपालिकाकी ३१ बर्षिय महिला र पटेहरवा सुगौली गाउँपालिकाका २० र २७ बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।

यसैगरी प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ महिला र २४ जना पुरुष उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । जसमा धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना पुरुष, महोत्तरी जिल्ला स्थित जलेश्वर अप्सताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट १ जना पुरुष र सर्लाही जिल्ला मंलगवा नगरपालिका स्थित सर्लाही जिल्ला अस्पताल अन्तर्गत अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट १ महिला र १४ पुरुषगरी कुल १५ जना ब्यक्तिहरु डिस्चार्ज भएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ