२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको जटिल शल्यक्रिया सफल

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको जटिल शल्यक्रिया सफल


धनगढी—अछाम चौरपाटी—५ की कोभिड–१९ संक्रमित गर्भवती महिलाको जटिल शल्यक्रिया सफल भएको छ । कोहलपुरस्थित नेपालगंज मेडिकल कलेजका चिकित्सकहरुले २५ वर्षीया गर्भवती महिलाको आन्द्रा बेरिएको (Acute Intestinal Obstruction) को समस्याको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

सोमबार हेलिकप्टरबाट नेपालगन्ज ल्याइएकी ती महिलाको मेडिकल कलेजका चिकित्सकहरुले मंगलबार दिउँसो २ बजे शल्यक्रिया सुरु गरेका थिए । १ घण्टा १५ मिनेट लामो शल्यक्रिया सफल भएको मेडिकल कलेजका उप–निर्देशक तथा मेडिकल कलेज कोभिड–१९ व्यवस्थापनका संयोजक डा. दिनेश श्रेष्ठले बताए ।

शल्यक्रिया टिममा ३ जना डाक्टर ४ जना स्टाफ नर्स गरी ९ जनाको टिम सहभागी भएको श्रेष्ठले बताए । शल्यक्रियामा संलग्न डा. प्रदीप थापाका अनुसार बिरामीको अवस्था अहिले खतरामुक्त रहेको छ ।

१० दिनअघि भारतको मुम्बईबाट आएकी ती महिला १८ हप्ताकी गर्भवती थिइन् । उनलाई स्थानीय क्वारेन्टाइनमै रहेका बेला स्वास्थ्य समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज रिफर गरिएको थियो ।

कोभिड—१९ संक्रमितको जटिल शल्यक्रिया गर्ने भएपछि नेपालगन्ज मेडिकल कलेजले आकस्मिक र बहिरंग सेवा बन्द एक दिनका लागि बन्द गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ