धनगढी—सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।
भर्खरै प्राप्त जानकारीअनुसार शनिबार बझाङका ६ जना, कन्चपुरका ३ जना, कैलाली र अछामका १/१ जनामा कोरोना संक्रमण देखिएको छ । बझाङको खप्तड छान्ना—३ का ४ जना ७०, ५७, ३८ र २५ वर्षका पुरुष र ४०, ४४ वर्षका २ जना महिलामा कोरोना देखिएको हो ।
यस्तै, कन्चनपुरका ३८, ३८, र १८ वर्षीय ३ जना पुरुषमा कोभिड—१९ पोजेटिभ देखिएको हो । अछामको मंगलसेन—१ कुन्तीका ५२ वर्षीया महिला र कैलाली धनगढी—४ का ५५ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।
यसअघि देशका अन्य विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्ला २४ घण्टामा २०७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको थियो ।
सुदूरपश्चिममा थप ११ जनाका कोभिड—१९ देखिएसँगै पछिल्ला २४ घण्टामा कोभिड—१९ पोजेटिभ देखिनेको संख्या २१८ पुगेको छ ।