२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठलाई सीसीएमसी हेर्ने गरी छाउनी काजमा

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठलाई सीसीएमसी हेर्ने गरी छाउनी काजमा


काठमाडौं–स्वास्थ्य सेवा विभागबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरिएका प्रमुख विशेषज्ञ (१२ औं तह)का महेन्द्रप्रसाद श्रेष्ठलाई छाउनी काजमा पठाइएको छ । उनलाई छाउनीमा रहेको कोभिड—१९ क्राइसीस म्यानेजमेण्ट सेन्टर (सिसीएमसी) काजमा खटाइएको हो ।

बिहिबार मन्त्रालय तानिएका प्रमुख विशेषज्ञ श्रेष्ठलाई शुक्रबारबाटै सो सेन्टरमा काजमा खटाइएको हो । ‘अहिले सीसीएमसी हेर्ने जिम्मेवारी दिइएको छ,’ प्रमुख विशेषज्ञ श्रेष्ठले भने, ‘यही बसेर काम गर्ने हो ।’

प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा हुने सो सेन्टरमा सेनाका दुई तारे जर्नेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ र अर्थ मन्त्रालयका सह—सचिव सहितको समिति रहेको हुन्छ ।

सुरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नेतृत्वमा रहेको सो सेन्टर यसअघिका स्वास्थ्य सचिवले अन्य सदस्यहरुलाई ठाडो भाषा प्रयोग गरेपछि सेनाका प्रतिनिधी मन्त्रालय नआउने भन्दै विरोध जनाएका थिए ।

सेनाका प्रतिनिधीले विरोध जनाएपछि सो सेन्टरको संयोजन प्रधानमन्त्री कार्यालयका सचिवले गर्ने र त्यसको सचिवालय आर्मीको अस्पताल रहेको छाउनीलाई तोकिएको थियो । सो समितिमा मर्यादाक्रममा क्रमसः प्रधानन्त्री कार्यालयका सचिव, आर्मीमा दुई तारे जर्नेल, स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ र अर्थ मन्त्रालयका सह—सचिव हुन्छन् ।

सो सेन्टरअन्तर्गत मेडिकल, सुरक्षा, सामाग्री व्यवस्थापन र संचार हेर्ने छुट्टै टिम रहेको छ । जसमा मेडिकलतर्फ स्वास्थ्य मन्त्रालय योजना अनुगमन तथा मुल्यांकन शाखाका प्रमुख डा. गुणराज लोहनी नेतृत्वको टिमले हेर्छ । त्यसैगरी सुरक्षा हेर्ने गृह मन्त्रालयका सह—सचिव रहेका छन् भने सामाग्री व्यवस्थापन स्वास्थ्य सेवा विभागको महानिर्देशकलाई जिम्मा दिइएको छ । संचारको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तालाई दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ