२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ३३४ संक्रमित, संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो

थपिए ३३४ संक्रमित, संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो


काठमाडौं— नेपालमा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहिबारको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।

पछिल्लो १० दिन यता संक्रमणको संख्या तीव्ररुपमा बढिरहेको प्रवक्ता डा. देवकोटाले बताए । प्रवक्ता डा. देवकोटाका अनुसार मोरङका २, पर्साका १जना, झापाका ३जना, ताप्लेजुंगका १ जना, सप्तरीका १३ जना, बाराका ७ जना, सिन्धुलीका १ जना, म्याग्दीका १ जना, बाग्लुंग ,पर्वतका ४ जना, स्याङ्जाका १, धोटिकाका ३ जना, बाँकेका ४२ जना, कपिलबस्तुकृष्णनगर १७ जना, दाङका १५ जना,मुगुका १ जना र दैलेखका १ सय ५ जना, झापाका २ जना, खोटाङ्ग ३ जना, दैलेख ८ जना, बाराका ५ जना, धनुषामा ६, कपिलबस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६५ जना, सर्लाहीका ३ जनामा संक्रमण देखिएको छ।

योसँगै २ हजार ६ सय ४३ पुगेको छ।

त्यस्तै, आज थप एक संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ