गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १३:३४ मा प्रकाशित जनकपुर – प्रदेश न.२ मा कोरोनाको संक्रमण दर दिन प्रतिदिन बढ्दै गइरहेको र संक्रमितलाई उपचारमा समस्या हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सिरहाले १ सय बेडको आइसोलेसन वार्ड निर्माण गर्न लागेका छन् । निमार्ण कार्य तिब्र रुपमा अगाडी बढाएको छ । प्रदेश सरकारको सहयोगमा सिरहा सदरमुकामस्थित रहेको चन्द्र माध्यमिक विधालय सिरहाको भवनलाई आइसोलेसन वार्डका लागि प्रयोग गर्ने गरी जिल्ला अस्पताल सिरहाले निर्माण कार्य अगाडी बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबले बताए । सिरहाको धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा ३० बेड र सदरमुकाम सिरहास्थित सिरहा अस्पतालमा ५० बेड गरी जिल्लामा ८० बेड संचालन अवस्थामा रहेको छ । तर संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि प्रदेश सरकारले जिल्लामा थप १ सय वेड थप गर्न दिइएको वजेट अन्तर्गत निमार्ण कार्य भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए । कोरोना संक्रमित सिरहामा अहिले सम्म ४८ जना रहेको छन् । जसमध्ये धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा २६ जना र सिरहा अस्पतालमा २२ जना संक्रमित आइसोलेसन वार्डमा उपचार भइरहेको प्रमुख यादवले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन ७ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?