गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा थप ८ जनामा कोरोना पुष्टि प्रदेश २ मा थप ८ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १२:३४ मा प्रकाशित जनकपुर – प्रदेश २ मा थप ८ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी एक महिला र ६ जना पुरुष सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पारस यादवले जानकारी दिएका हुन् । संयोजक यादवकाअनुसार उनीहरु सातै जनामा हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु भरतबाट १० दिन अघि फर्किएका सातै जना गाउँपालिकाको वडा नम्बर १ स्थित विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा बस्दै आएका ५४ जनाको जेठ १९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि हेटौँडा स्थित प्रयोगशालामा पठाइएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको यादवले बताए । त्यस्तै, पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की १५ वर्षकी किशोरीमा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । किशोरीमा उनको बुबाबाट नै कोरोना सरेको पाइएको छ । गत जेठ ६ गते भारतबाट फर्केर आएका ती किशोरीका बुवालाई पनि कोरोना संक्रमण भएको थियो । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ६७ पुगेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत… कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?