२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमण तीव्ररुपमा बढ्दै, १ वर्षीय शिशु सहित थपिए २०१ संक्रमित

कोरोना संक्रमण तीव्ररुपमा बढ्दै, १ वर्षीय शिशु सहित थपिए २०१ संक्रमित


काठमाडौं— नेपालमा थप २०१ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।

कोरोना संक्रमण पुष्टि भएकोमा १७९ पुरुष र २२ जना महिला रहेका उनले जानकारी दिए । योसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये १ सय ७८ जना ठिक भएका छन् । आज मात्रै थप १२ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

प्रवक्ता डा. देवकोटाकाअनुसार पछिल्लो विवरणमा झापाका १ जना, पाँचथर १, धनकुटाका एक जना, सप्तरीका १ जना, ताप्लेजुङका ३ जना, सुनसरी ७ जनामा, पर्साका ७ जना, दैलेखका १ जना र सल्यानका २ जनामा, कैलालीका ५ जना र डोटीका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये कपिलवस्तुका ६७ जना, रुपन्देहीका २६ जना, पाल्पाका २ जनामा रहेका छन् । जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, दाङका ५, प्युठानका २, दैलेखका ६,  कालिकोटका ७ जनामा, सल्यानका १ जनामा, नवलपरासी पश्चिमका ८, रौतहटका ११, रुपन्देहीका १ र सर्लाहीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये धनुषाका १, कपिलवस्तुका २, काठमाडौं मेडिकल कलेज र टोखाका गरेर ३ जना रहेका छन्। त्यस्तै, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यस्तै, आज थप एक जनाको मृत्यु भएको छ । त्रिवी शिक्षण अस्पतालमा उपचाररत  दोलखा घर भएका ७६ वर्षीय वृद्धको  मृत्यु भएको हो । शल्यक्रिया गरिनुअघि उनको कोभिड १९ जाँच गर्दा पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।  यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ