गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा थप ७ जनामा कोरोना पुष्टि, जिल्लामा मात्र १ सय ३ पुग्यो पर्सामा थप ७ जनामा कोरोना पुष्टि, जिल्लामा मात्र १ सय ३ पुग्यो हेल्थ आवाज बुधबार, २०७७ जेठ २१ गते, १४:१५ मा प्रकाशित जनकपुर – प्रदेश न.२ को पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । कालिकामाई गाउँपालिकामा ४ जना, सखुवाप्रसौनी गाउँपालिकामा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु सबै क्वारेन्टिनमै रहेका छन् । संक्रमितहरु १६ देखि ४९ वर्षसम्मका रहेका छन् । सबै संक्रमित पुरुषहरु छन् । विन्दबासिनी गाउँपालिकाका संक्रमितलाई राति नै नारायणी अस्पताल मातहतको गण्डक कोभिड अस्पतालमा ल्याइएको छ भने अन्यलाई ल्याउने क्रम जारी छ । यसअघि नै ५० बेड आइसोलेसन क्षमता भएको गण्डक अस्पतालमा २३ जना संक्रमित उपचारत थिए । पर्साका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएको र अन्य शंकास्पद संक्रमितलाई क्वारेन्टिनमा राख्ने गरिएको छ । योसंगै पर्सामा १ सय ३ जना संक्रमित भएका छन् । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ४ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं My Journey Against Myeloma कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं My Journey Against Myeloma कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित