२०८१ कात्तिक १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा कोभिड—१९ देखिएका स्वास्थ्यकर्मी केएमसी र *मनमोहन अस्पतालका

काठमाडौंमा कोभिड—१९ देखिएका स्वास्थ्यकर्मी केएमसी र *मनमोहन अस्पतालका


काठमाडौं—काठमाडौंमा कोभिड—१९ संक्रमण देखिएका ४ जना स्वास्थ्यकर्मी यसअघि कोभिड—१९ का संक्रमितहरुको उपचारमा संलग्नहरु रहेको पाइएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार ब्रिफिङमा जानकारी दिएअनुसार ४ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ संक्रमण देखिएको छ । संक्रमण देखिएका ४ स्वास्थ्यकर्मीमध्ये १ जना *स्वयम्भुस्थित मनमोहन अस्पतालका रहेका छन् ।

त्यसैगरी, अन्य तीन जना काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको मन्त्रालय स्रोतले जनाएको छ । तीनै जना स्वास्थ्यकर्मी यसअघि कोभिड—१९ संक्रमण पुष्टि भएका बिरामीको उपचारमा संलग्न रहेका थिए ।

इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले आफूले काठमाडौंका *मनमोहन अस्पताल र केएमसीका ४ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ पोजेटिभ देखिएको जानकारी पाएको बताए । तर, कुन अस्पतालका कति जना र कुन तहका हुन भन्ने आफूलाई जानकारी आइनसकेको उनको भनाइ छ ।

मनमोहन अस्पतालका निर्देशक डा. धर्मदत सुवेदीकाअनुसार अस्पतालकी ती नर्स काठमाडाैं बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेकी थिइन् । कुनै पनि लक्षण नदेखिएकी उनको अस्पताल ज्वाइन गर्नुपूर्व पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोभिड—१९ संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको छ ।

*यसअघि मनमोहन अस्पताल हुनुपर्नेमा अन्यथा भएकोमा  क्षमा प्रार्थीसहित सच्चाइएको छ । -सम्पादक


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ