२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकै वडाका ११ सहित ५९ कोरोना संक्रमित थपिए कर्णालीमा

एकै वडाका ११ सहित ५९ कोरोना संक्रमित थपिए कर्णालीमा


काठमाडौं -कणार्ली प्रदेशका तीन जिल्लामा थप ५९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश प्रयोगशाला सुर्खेतामा परीक्षण गर्दा कालिकोट, र दैलेखका गरी ३७ जना पुरुषमा कोभिड पुष्टि भएको हो ।

कोभिड पुष्टि हुनेहरुमा कालिकोटको शुभकालीका गाउँपालिका वडा नं. ५ का ११ जना पुरुषमा रहेका छन् । जसमा १९,२१, २२,२४,३५,२२,२०, १९,५०,२६ वर्षीय पुरूष  र ४० वर्षीया महिला रहेका छन् । त्यसैगरी शुभकालीका ४  का २०, २२ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

कालिकोटकै कालिकोट महावै गाउँपालिका का ५ जनामा कोरोना पुष्टि भएको छ । जसमा वडा नम्बर ४ का २२ वर्षीय पुरुष, २ का २१ र ४२ वर्षीय पुरुष र वडा नम्बर ७ का ३३ र ५२ वर्षीय पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमानै परिक्षण गरीएका दैलेखका थप १७ जनामा कोभिड-१९ पुष्टि भएको छ । जसमा शनिबार दैलेख दुल्लु नगरपालिका ११ मा रहेको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ ।

अन्य संक्रमितमा दैलेख नारायण नगरपालिका ३ का ४८, १६,१९ र २९ वर्षीय पुरुष र वडा नम्बर ५ का ३५, १८,२४ र २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै दैलेख सादीका २२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

संक्रमण देखिनेहरुमा दैलेख देवाल १८, २०,२०,२२,२२ वर्षीय पुरुष, सिमादा का २६ वर्षीय र रातापानीका ३८ वर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानमा जाँच गरिएका १ जना जुगनाथ ५ बाजुराका ४० वर्षीय पुरुष समेत रहेका छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ