२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाका कारण दैलेखमा एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो

कोरोनाका कारण दैलेखमा एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो


काठमाडौँ – कोभिड-१९ का कारण दैलेखको दुल्लु नगरपालिका ७ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले शनिबार क्वारेन्टाइनमा रहेका दैलेखका एक युवाको मृत्यु भएको पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

कर्णाली प्रदेशकाअनुसार क्वारेन्टाइनमा रहेका उक्त पुरुषको शनिबार बिहान मृत्यु भएको थियो । उनको स्वाव परीक्षणको लागि कर्णाली  स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । कोरोनाको कुनै लक्षण उनमा नदेखिएता पनि प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा रिपोर्टमा भने कोभिड-१९ पोजेटिभ आएको हो ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँके नरैनापुरका २५ वर्षीया युवा, गुल्मीका ४२ वर्षीय युवा, विरगञ्जको नेश्नल मेडिकल कलेजमा ७५ वर्षीय पुरुषको कोभिड-१९ संक्रमणको कारण मृत्यु भएको थियो ।

त्यसैगरी, शनिबार दैलेखमा क्वारेन्टाइनमा रहेका एक पुरुष समेत गरी नेपालमा कोभिड-पुष्टी भएर मृत्यु हुनेको संख्या ७ पुगेको हो । हालसम्म गरेर १४२० जना संक्रमित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ