२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंबाट १०—१० जनाको चिकित्सक टोली प्रदेश २ र प्रदेश ५ मा पठाइदै

काठमाडौंबाट १०—१० जनाको चिकित्सक टोली प्रदेश २ र प्रदेश ५ मा पठाइदै


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट बढी प्रभावित रहेका प्रदेश २ र प्रदेश ५ मा १०—१० जनाको चिकित्सकको टोली केन्द्रबाट पठाउने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार काठमाडौंबाट पठाइएको टोली बढी संक्रमित भएका स्थानमा प्रदेश सरकारले नै परिचालन गर्नेछ ।

प्रदेश २ मा अहिलेसम्म ८ वटै जिल्लामा कोभिड—१९ को संक्रमण देखिएको छ । जसमा १३५ जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै, प्रदेशमा ५ का ६ जिल्लामा कोरोना संक्रमण देखिएको यो प्रदेशमा दाङ, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, र गुल्मीमा संक्रमण देखिएको छ । हालसम्म यो प्रदेशमा १७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि मन्त्रालयले सुदूरपश्चिममा प्रदेशमा ३३ जनाका चिकित्सकको टोली पठाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ