काठमाडौं – बाराको कलैया निवासी रेडियो पत्रकारमा कोरोना पुष्टि भएको छ। पत्रकारहरुको नमुना संकलन गरी स्वाब परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो। टेकुले बाराका ३८ वर्षीय पत्रकारको स्वाब परीक्षणमा कोभिड-१९ ‘पोजेटिभ’ पुष्टि गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उनी बारा जिल्लका ५ औं संक्रमित हुन्। सो पत्रकार सहित सोमबार थप ९ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितहरुमा रौतहटका ८ जना र बाराका १ जना रहेका छन्।
यसअघि वीरगन्जका ४ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना उपचारमा खटिएका अग्रपन्तीमा रहेका स्वास्थ्यकर्मी, लकडाउनको समयमा मुलुकभर नै सुरक्षा प्रदान गरिरहेको सुरक्षाकर्मी र समाचार संकलनमा रहेका पत्रकारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएका छ । जसकारण देशभरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुको कोरोना भाइरसको परीक्षण गर्न थालिएको हो।