२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कोरोनासँग डराउँदैनन् नरैनापुरवासी’

‘कोरोनासँग डराउँदैनन् नरैनापुरवासी’


काठमाडौं–बाँकेको नरैनापुरस्थित दिपेन्द्र माविको क्वारेन्टाइनमा ३० बैशाखमा २५ वर्षीय युवा आइपुगेका थिए । भारतबाट दुई हप्ता लगाएर आफ्नो घर आइपुगेका ती युवकको शनिबार कोभिड—१९ जाँचका लागि स्वाव लिइएको थियो । सामान्य खुट्टा सुनिएका ती युवालाई राति वान्ता भयो । एक्कासी ज्वरो आयो । गाउँपालिका अध्यक्ष इश्तीयाक अहमद शाहकाअनुसार आइतबार विहान अस्पताल लान एम्बुलेन्सको जोहो गर्दागर्दै उनको मृत्यु भयो ।

कोभिड—१९ को संक्रमणका कारण नेपालमा मृत्यु हुने ती युवा दोस्रो बने । शनिबार धुलिखेलमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । आइतबार युवकको मृत्युसँगै काठमाडौंलगायत देशै खुबै डराएको छ । राज्यका सबै शक्ती अहिले कोभिड—१९ नियन्त्रण गर्न लागेको छ । डराउनुपर्ने अवस्थामा पनि छ ।

तर, कोभिड—१९ का कारण दोस्रो युवकको मृत्यु भएका गाउँका मान्छे भने अझै कोरोनाबाट नडराएको त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले बताउँछिन् । ‘म अहिले पनि मृत्यु भएका युवा राखिएको क्वारेन्टाइन नजिकैको एरियामा छु,’ उनले हेल्थ आवाजसँग भनिन्, ‘अहिले आउनुभयो भने पनि यहाँ मानिसहरुको चहल—पहल सदाझैं देख्न सक्नुहुन्छ, जति बुझाउन पनि सकिदैन् ।’

ती स्वास्थ्यकर्मीकाअनुसार वागौडा नाका हुँदै नरैनापुरमा ५ सयभन्दा बढी मानिस भारतबाट आएका छन् । ‘पहिले—पहिले आउनेहरु लुकिछिपी आएका छन्,’ उनी भन्छिन्, ‘पछिल्लो समय भने गाउँपालिकाले आफै ल्याएर क्वारेन्टाइमा राखेको छ ।’

क्वारेन्टाइनमा बसेका अधिकांश मानिस आफूहरुलाई सम्बन्धित प्रान्तीय सरकारले नै सीमामा ल्याएर छोडदिने गरेको आफूलाई बताएको ती स्वास्थ्यकर्मीले जानकारी दिइन् । ‘अधिकांश आफूहरुलाई गाडीमा बोर्डरसम्म ल्याएर छोडिदिएको बताउनुहुन्छ,’ उनी भन्छिन्, ‘लुकिछिपी आए भने संक्रमण बढाउँछन् भनेर पालिका आफैले ल्याएर राखेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ