२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीलाई दुर्व्यहार गर्ने एक जना पक्राउ

स्वास्थ्यकर्मीलाई दुर्व्यहार गर्ने एक जना पक्राउ


काठमाडौं—प्रहरीले हेटौडाबाट काठमाडौं आएका कीटजन्य रोग नियन्त्रण केन्द्र हेटौंडाका ल्याब प्रमुख नारायण कार्कीको सवारी साधन तथा व्यक्तिगत खानतलासी गरेको भन्दैं एक जनालाई पक्राउ गरेको छ ।

आइतबार प्रहरीले कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

‘हामीले चन्द्रागिरीबाट पक्राउ गरेका छौं,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘हामीले थप अनुसन्धान गर्दैछौं ।’

ती युवकले हेटौडाबाट काठमाडौं आउँदै गरेका ल्याब प्रमुख कार्कीको गाडी रोकी खानतलासी गरेर फेसबुक लाइभ गरेका थिए । उनले आफू भ्रष्टाचार विरोधी र सुशासनका लागि काम गरिरहेको भन्दैं कार्कीमाथि दूर्व्यहार गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ