२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररौतहटमा एकैदिन थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या २९१ पुग्यो

रौतहटमा एकैदिन थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या २९१ पुग्यो


काठमाडौं-रौतहटमा एकैदिन थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब पिसिआर परीक्षण गर्दा रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रौतहटको राजपुर नगरपालिका फरहदवा-९  का ७ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको छ । उनीहरु १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका रहेका छन् ।

यस्तै, रौतहटको इशनाथ नगरपालिका-३ र ५ निवासी ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरुको उमेर २८, ३० र ३३ वर्ष रहेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको जानकारी दिए ।

आइतबार थप १० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ