२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् कोरोना संक्रमित भेटिएका २४ जिल्ला, कहाँ कति संक्रमित ?

यी हुन् कोरोना संक्रमित भेटिएका २४ जिल्ला, कहाँ कति संक्रमित ?


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या २५८ पुगेको छ । शुक्रबार विहान बाँकेमा ८ जना र मकवानपुरमा १ जना कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । जसमध्ये २१० जना पुरुष र ४८ जना महिला रहेका छन् ।

नेपालका ७ वटा मध्ये ६ वटा प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमित नभेटिएको कर्णाली एकमात्र प्रदेश हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

प्रदेश १ मा हालसम्म संक्रमितको संख्या ३५ जना पुगेको छ । प्रदेश १ का तीन जिल्ला झापा, भोजपुर र उदयपुर जिल्लामा संक्रमण पुष्टी भएको छ । यस्तै, प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०० जना पुगेको छ । यस प्रदेशका ७ वटा जिल्ला सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संक्रमित फेला परेका छन् ।

देशको राजधानी रहेको बाग्मती प्रदेशमा कुल संक्रमितको संख्या १३ जना पुगेको छ । यो प्रदेशका काठमाडौं, भक्तपुर, धादिङ, चितवन र मकवानपुर गरी ५ जिल्लामा संक्रमित फेला परेका छन् । यस्तै, गण्डकी प्रदेशमा ३ जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई जना बाग्लुङ र एक नवलपरासी पूर्वका रहेका छन् ।

प्रदेश ५ मा ५ जिल्लाका १०२ जनामा संक्रमण देखिएको छ । यो प्रदेशमा रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र नवलपरासी पश्चिममा संक्रमण देखिएको छ । सुदूरपश्चिममा २ जिल्ला कैलाली र कन्चनपुरमा ५ जनामा संक्रमण पुष्टी भएको छ । त्यहाँका ५ जना संक्रमित नै निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म नेपालमा २४६ कोरोना संक्रमित भेटिएकामा ३५ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ