२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनमा परेका नेपाली कामदार तथा विद्यार्थीहरु जापान र हङकङ जान पाउने

लकडाउनमा परेका नेपाली कामदार तथा विद्यार्थीहरु जापान र हङकङ जान पाउने


काठमाडौँ – लकडाउनका कारण नेपालमा रोकिएका ६ सय विद्यार्थी तथा कामदारलाई जापान र हङकङ जान दिने सरकारले निर्णय गरेको छ। शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तालिम र अध्ययनको सिलसिलामा जापान र हङकङमा बस्दै आएका र हाल नेपाल आएर बसेका विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरेर चार्टर फ्लाइटबाट जान दिने निर्णय गरेको हो।

उक्त बैठकमा समितिले कोरोना संक्रमणको जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गरिने निर्णय गरिएको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जनाएका छन् । लकडाउनको मोडालिटी परिवर्तन जनजीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारे विज्ञहरुसँग समितिले छलफल गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ