गौरीफन्टा नाकाबाट नेपालीको उद्धार सुरु, सीमामै र्यापिड टेस्ट हुँदै [फोटो फिचर]

कैलाली – कैलालीपारी भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका चार सय बढि नेपालीको उद्धार सुरु भएको छ। डेढ महिना बढि क्वारेन्टाइनमा बसेका उनीहरुका लागि शुक्रबार जन्मभूमीको ढोका खुलेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा नै राखिने छ।कैलाली घर भएकाहरुलाई शुक्रबार स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नेपालीहरुलाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालीहरुको सीमामै ¥यापिड टेस्ट समेत भइरहेको जानकारी दिए।
प्रशासनका अनुसार सीमापारी कैलाली, कञ्चनपुर सहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहट लगायतका जिल्लाका नागरिक रहेका छन्। धनगढीमा रहेका भारतीयहरुलाई पनि आज भारत पठाउने तयारी भइरहेको छ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ४ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
- ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
तपाईको प्रतिक्रिया दिनुहोस