२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना जितेर दुई जना डिस्चार्ज, ३५ जना निको भएर घर फर्किए

कोरोना जितेर दुई जना डिस्चार्ज, ३५ जना निको भएर घर फर्किए


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) जितेर दुई जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई जना कोभिड—१९ संक्रमित निको भएर डिस्चार्ज भएको जानकारी दिए ।

कोरोना जितेर डिस्चार्ज हुनेमा बुटवलमा उपचाररत २५ वर्षीया पुरुष रहेका छन् । उनी ११ औं दिनमा निको भएर डिस्चार्ज भएका हुन् ।

यस्तै, चितवनमा उपचारत ६३ वर्षीया महिला पनि कोरोना निको भएर घर फर्किएकी छन् । उनी २६ औं दिनमा निको भएर डिस्चार्ज भएकी हुन् ।

बुधबार थप २ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै नेपालमा कोभिड निको भएर घर फर्कनेको संख्या ३५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ