कोरोना भाइरस (कोभिड—१९) महामारीका रुपमा फैलिएको १३० दिन भैसकेको छ । यो दौरान संसारभर ४० लाखभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भैसकेका छन् । २ लाख ७० हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरसको रोकथामका लागि संसारभरका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु सफलताका लागि डटिरहेका छन् । कोरोना जसलाई मेडिकल भाषामा सार्स—कोभ—२ भनिन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार यो महामारी रोकथामका लागि अहिलेसम्म संसारका १०२ संस्था भ्याक्सिन बनाउनेमा जुटेका छन् । १२० सम्भावित भ्याक्सिनमाथि परीक्षण पनि चलिरहेको छ । यस काममा २० भन्दा बढी देशका मेडिकल संस्थाहरु संयुक्त रुपमा अनुसन्धानमा पनि लागिरहेका छन् ।
अमेरिका, जर्मनी, भारतका स्वास्थ्य संस्था एक आपसमा मिलेर समेत अनुसन्धान गर्दैछन् । चीनले सबैभन्दा पहिलो ४ मार्च, अमेरिकाले २४ मार्च, बेलायतले २१ अप्रिल, इजरायलले ५ मे, इटलीले ६ मे र नेदरल्याण्ड्सले ४ मेमा भ्याक्सिन वा एन्टीबडी बनाउने दावी गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि कोरोनाको एन्टीबडी र भ्याक्सिन बनाउने र उपचारका विषयमा हरेक दिन नयाँ समाचारहरु आइरहेका छन् ।
चीनको सैनिक मेडिकल एकेडेमीले सबैभन्दा पहिले भ्याक्सिन बनाउने दाबी गरेको थियो । ४ मार्चमा सार्वजनिक भएको समाचारअनुसार सैनिक मेडिकल साइन्स एकेडेमीमा ५३ वर्षीय शेन वेईको नेतृत्वको टिमले कोरोना भाइरसबाट बच्ने भ्याक्सिनमा बनाउनेमा सफल भएको छ । यसलाई चीनको प्रतिष्ठित एकेडेमी मानिन्छ, जसमा २६ विशेषज्ञ, ५० भन्दा बढी वैज्ञानिक र ५०० भन्दा बढी अनुभवप्राप्त व्यक्तिहरु कम गर्छन् । यसका अलावा चीनका अन्य तीन कम्पनी कैनसिनो बायोलोजिक्स, वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट र सिनोवेक वायोटेकले पनि भ्याक्सिन ट्रायलको प्रथम चरणमा रहेको दाबी गरेका थिए ।
अमेरिकी फर्मास्युटिकल कम्पनीले मोर्डनले कोभिड—१९ भ्याक्सिनको टेस्टिङमा काम गरिरहेको छ । कम्पनीले २४ मार्चमा सार्वजनिक गरेको धारणाअनुसार सन् २०२० को अन्तसम्म भ्याक्सिन बनिसक्नेछ । फाइजर, जोनसोन एण्ड जोनसोनले पनि भ्याक्सिनमाथि अनुसन्धान गरिरहेका छन् । यसका अलावा जिलिड साइन्स कम्पनीले रेम्डेसिभिर नामक औषधी बनाएको छ, जसलार्य हाइड्रोक्सीक्लोरोवीनपछि कोरोनाबाट बचाउनका लागि अहिलेसम्म उपयोगी औषधी मानिन थालिएको छ । ६ मेमा जापानले पनि यसलाई मान्यता दिइसकेको छ ।
बेलायतमा पनि कोरोना भाइरसको भ्याक्सिन निर्माणका लागि काम भैरहेको छ । लन्डनको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले २३ अप्रिलमा भ्याक्सिनको परीक्षण गरिएको दावी छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले यसबारेमा जानकारी दिएका थिए । उनले स्वास्थ्य विभाग औषधी खोजीका लागि हरसम्भव प्रयास गरिरहेको दाबी गरेका थिए । यसका लागि अनुसन्धानकर्ताहरुलाई २ करोड पाउण्ड उपलब्ध गराइएको छ । भ्याक्सिन बनाउन वैज्ञानिकलाई ८० प्रतिशत सफलताको अपेक्षा गरिएको छ ।
इजरायलमा ५ मेमा इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर)ले एउटा यस्तो एन्टीबडी बनाउन सफलता हात पारेको जनाएको छ, जो मोनोक्लोनल तरिकाबाट कोरोना भाइरसमाथि आक्रमण गर्ने बताइएको छ । इजरायलका रक्षामन्त्री नैफ्टली नैफताली बेन्नेटकाअनुसार एन्टीबडी मोनोक्लोनल व्यक्तिको शरीरभित्रको भाइरस मार्न सक्षम छ । उनले यसको परीक्षण मानिसमा गरिए नगरिएको बारे भने केही बताएका छैनन् ।
इटलीको रोमबाट ६ मेमा सार्वजनिक भएको अर्को खबरअनुसार टाकिस बायोटेकले एक यस्तो भ्याक्सिनको विकास गरेको छ, जसको प्रयोग एकदमै एडभान्स स्तरमा छ । टाकिसका सिइओ लुइगी अउरिसिच्चियोले इटालीयन न्यूज एजेन्सी एएनएसएलाई बताएअनुसार भ्याक्सिनको चाडै मानिसमाथि परीक्षण गरिनेछ । यो भ्याक्सिनलाई मुसाको एन्टीबडीमा विकसित गरिएको थियो । विकसित एन्टीवडी भाइरसलाई कोषिकामा हमला गर्नबाट रोक्छ । मानिसको कोषिका पनि यसले काम गर्ने दाबी गरिएको छ ।
नेदरल्याण्डसको युट्रेच्ड युनिभर्सिटीका वैज्ञानिकहरुले 47D11 नामक एक यस्तो एन्टीबडीको खोज गरेका छन्, जो कोरोना भाइरसको स्पाइक प्रोटीनलाई जोडेर ब्लक गर्ने गर्दछ । कोरोनाले शरीरमा संक्रमण फैलाउनको लागि स्पाइक प्रोटीनमार्फत कोषिकालाई बलियो गरी समात्ने काम गर्छ । कोषिकाहरुलाई संक्रमित गरेपछि यसमा आफ्नो संख्या बढाउन सुरु गर्छ र थोरै—थोरै गरी नाजुक अवस्थामा पु¥याउँछ । अध्ययनको क्रममा मुसाको कोषिकाहरुमा (47D11) एन्टीबडी सामेल हुँदा कोरोनाको प्रोटीनलाई समात्तेर ब्लक गरेर असर खतम गरी संक्रमण रोक्ने पत्ता लागेको बताइएको छ । अनुसन्धानकर्ताको अनुसार यो नयाँ अध्ययनले कोरोना बिरामीको उपचारमा विशेष रुपमा सहयोग पुर्याउने छ ।
यस्तै, भारतमा पनि वैज्ञानिक तथा औधोगिक अनुसन्धान संस्थान (सीएसआईआर) कोभिड—१९ भ्याक्सिनको परीक्षण गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसका साथै अहमदावादस्थित औषधी कम्पनी हेस्टर बायोसाइन्सेजले २२ अप्रिलमा यो घोषणा गरेको थियो, उसले भारतीय प्रौधोगिक संस्थान गुवाहाटीसँग मिलेर कोरोना भाइरसको भ्याक्सिन विकास गर्नेछ । यसभन्दा अगाडि पुनेस्थित सीरम इन्स्टिच्युटले सेप्टेम्बर—अक्टोबरमा कोरोना भाइरसको भ्याक्सिन आउने दाबी गरेको थियो ।
-एजेन्सीको सहयोगमा