२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा पाँचौ संक्रमित पनि डिस्चार्ज, ३५ दिन पछि घर फर्किन सफल

सुदूरपश्चिममा पाँचौ संक्रमित पनि डिस्चार्ज, ३५ दिन पछि घर फर्किन सफल


धनगढी – धनगढीकी महिला धनगढीकी कोरोना संक्रमित महिला दिपा शाही पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। लगातार दुईपटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ३४ बर्षीय महिलाको ६ पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भइसकेका छन्। योसँगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ