२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकहरुद्धारा स्वास्थ्यमा १० प्रतिशत बजेट र एक चिकित्सक, एक अस्पतालको व्यवस्था गर्न माग

चिकित्सकहरुद्धारा स्वास्थ्यमा १० प्रतिशत बजेट र एक चिकित्सक, एक अस्पतालको व्यवस्था गर्न माग


काठमाडौं-चिकित्सकहरुको एक टोलीले समसामयिक स्वास्थ्य परिस्थिती र आगामी बजेटका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ । शुक्रबार मन्त्री ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदैं चिकित्सकहरुको उक्त टोलीले स्वास्थ्य क्षेत्रमा कुल बजेको १० प्रतिशत बजेट हुनुपर्ने माग गरेको छ ।

नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्धामा बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा चिकित्सकहरुले एक चिकित्सक, एक अस्पताल, चिकित्सकको सेवा सुविधामा वृद्धि, चिकित्सकहरुलाई सामाजिक सुरक्षाअन्तर्गत घर बनाउनका लागि सहुलियतमा ऋण र गाडीमा भन्सार छुटको व्यवस्था गर्न समेत माग गरिएको छ ।

टोलीले सरकारी सेवामा न्यून चिकित्सक रहेको भन्दैं तत्काल चिकित्सकको दरबन्दी खोली धेरै चिकित्सक सरकारी सेवामा प्रवेश गराउन पनि स्वास्थ्य मन्त्री ढकालको ध्यानाकर्षण गराइएको छ । उक्त ध्यानाकर्षणमा कोभिड १९ का लागि गरिदैं आएको आरडिटी परीक्षण बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, अग्रपंक्तिमा खटिएका चिकित्सकको पिसिआर परीक्षण हुनुपर्ने, सबै सरकारी चिकित्सकलाई संघ अन्तर्गत परिचालन गरिनुपर्ने कुरामा उठाइएको छ ।

यस्तै, चिकित्सकहरुले जोखिम भत्ता निर्देशिकाबाट प्रत्यक्ष अप्रत्यक्ष खटिएका सबै चिकित्सकलाई भत्ता, सबै प्रदेशमा कम्तिमा १ सय वेडको आईसीयु वेड भएको स्पेशलिटी हस्पिटल खोलिनुपर्ने, विदेशमा रहेको चिकित्सक र मेडिकल विद्यार्थीको तुरुन्त उद्दार गरिनुपर्ने, जेल विद आउट वेलको कानुन तत्काल ल्याउनुपर्ने, स्वास्थ्य सेवा विभागको साटो सिडिसी र औषधी व्यवस्था विभागको साटो एफडिए गठन गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यसरी ध्यानाकर्षण गराउने चिकित्सकहरुमा डा. दीपेन्द्र पाण्डे, डा. सन्जितकुमार साह, डा. सुमन काफ्ले, डा. कीर्तिपाल सुवेदी, डा. कालुसिंह खत्री, डा. तोषिमा कार्की, डा. रोशन भगत, डा. टेकेन्द्र चौलागाई, डा. छवि पन्थी, डा. अमन न्यौपाने, डा. अमित उप्रेती, डा. उत्सव तिमिल्सिना, डा. रिम्मी बराकोटी र डा. कुमुद भट्टराई रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ