२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनमा हिमानी ट्रष्ट समाज सेवामा [फोटो फिचर]

लकडाउनमा हिमानी ट्रष्ट समाज सेवामा [फोटो फिचर]


काठमाडौँ – लकडाउनको समयमा हिमानी ट्रष्ट समाज सेवामा निरन्तर लागि परेको छ । उक्त सँस्थाले लकडाउनका कारण प्रभावित  बनेका विपन्‍न तथा दैनिक ज्याला मजदूरी गर्ने नागरिकलाई खाद्यान्न प्रदान गर्ने तथा खाना खुवाउने कार्यक्रम देखि स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, प्रहरी र मुलुकभर सूचना प्रवाह गर्नको निमित्त फिल्डमा उत्रिने मिडियाकर्मीहरुलाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउने जस्ता कार्यहरु गरिरहेको छ ।

गएको विहिबार ट्रष्टले कागेश्वरी नगरपालिका वडा नं ७ मा खाना खुवाउने कार्यक्रम आयोजना गरेको थियो। विहिबार बेलुकी ५ सय जना विपन्न वर्गलाई प्याकिङ्ग खाना उपलब्ध गराएको हो। सो कार्यक्रम साढे ५बाट शुरु भएर लगभग ८ बजे सम्पन्न भएको थियो।

खानाको लागि साना बालबालिका देखि वृद्ध-वृद्धाहरुको समेत उपस्थिति रहेको थियो। यति मात्र नभई लकडाउन सुरु भए लगत्तै विभिन्न स्थानमा गई विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्नुको साथै सम्भव भएको स्थानमा हिमानी ट्रष्टले खाना खुवाइरहेको छ।

उक्त सँस्थाले बाँसबारीमा रहेका रिक्सा चालक, ज्याला मजदुरी गर्ने मानिसहरु, चावाहिल, कालोपुल, कालिमाटी, गलैंचा कारखाना, सडकपेटीमा बस्ने बेसाहाराहरुको लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

विश्वभर महामारीको रुपमा रहेको कोभिड -१९को संक्रमणबाट आममानिसलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका कागेश्वरी मनोहरा नगरपालिका वडाहरुमा बसोबास गर्दै आएका विपन्न नागरिकहरुलाई बैशाख ९ गते देखि बिहान र बेलुकी खाना खुवाउने कार्य सुरु गरेको हो। प्रत्येक वडामा नगरपालिकासँग सहकार्य गरी स्वइच्छाले व्यक्तिगत तथा सामुहिक रुपमा खाना खुवाउने कार्यक्रम लकडाउनको अवधिभर गरिने भनिएता पनि बिहिबारबाट भने बन्द भएको छ।

नगरपालिकाले विहिबार विज्ञप्ति जारी गरी कोरोना प्रभाव बढ्नुको साथै नियमित रोजगारका क्षेत्रहरुमा सुरक्षाको प्रवन्ध गरी कार्य सुरु गर्ने सरकारले निर्णय गरेकोले अर्को सूचना नआउनजेल सम्मको लागि खाना खुवाउने कार्यक्रम बन्द गरेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ