२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्य१३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ

१३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ


काठमाडौँ – विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९लाई जितेर १३ लाख भन्दा बढी संक्रमित घर फर्किन सफल भएका छन्। ‘वोर्ल्ड मिटर’ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार विहानसम्म १३ लाख ४४ हजार २ सय ७८ संक्रमित घर फर्किएका हुन्।

यसको साथै विश्वभर गरेर हालसम्म ३९ लाख १७ हजार ९ सय ९९ व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। जसमध्ये २ लाख ७० हजार ७ सय ४० जनाले ज्यान गुमाएका छन्। चीनबाट सुरु भएको कोरोना संक्रमणबाट हाल विश्व प्रभावित छ। हाल चीनमा भने नयाँ केस न्युन मात्रामा देखिएको छ।

सबैभन्दा बढी अमेरिका कोरोनाको चपेटामा परेको छ। जहाँ १२ लाख ९२ हजार ८ सय ५० व्यक्ति संक्रमित छन्। जसमध्ये २ लाख १७ हजार २ सय ५१ निको भएका छन्। ज्यान गुमाउने संक्रमितको संख्या मात्रै ७६ हजार ९ सय ३८ पुगेको छ।

सबैभन्दा बढी कोरोनाबाट मृत्यु भएको देश पहिलो अमेरिका बनेको छ। दोश्रो युरोपमा रहेको बेलायत र तेश्रो इटाली रहेको छ। बेलायतमा ३० हजार ६ सय १५ को मृत्यु भएको छ भने इटालीमा २९ हजार ९ सय ५८ले ज्यान गुमाएका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ