२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गौतम भरतपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त

डा. गौतम भरतपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त


काठमाडौं—तीन वर्षका लागि विपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त भएका छन् । क्यान्सर अस्पताल सन्चालक समितिको बैठकले डा. गौतमलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नाक, कान, घाटी शल्यचिकित्सक डा. गाैतम सोही अस्पतालका इएनटी विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा डा. गौतम कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

२३ बैशाखमा निवर्तमान कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको तीन वर्षे कार्यकाल पूरा भएपछि नयाँ निर्देशकको नियुक्ति भएको हो । डा. आचार्यको तीन वर्षे कार्यकालमा अस्पतालमा धेरै सुधारका काम भएका थिए । डा. आचार्य गाइनो सर्जन हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ