२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यअर्बौ मानिस हर्पेसबाट पीडित, छैन कुनै औषधी

अर्बौ मानिस हर्पेसबाट पीडित, छैन कुनै औषधी


विश्वव्यापी रुपमा झण्डै आधा अर्ब मानिसमा हर्पेस रोगको समस्या छ । हर्पेस एक यौन रोग हो जुन हर्पेस सिम्प्लेक्स भाइरस (एचएसभी—१) र (एचएसभी—२) का कारणले हुने गर्छ ।

एक तथ्यांकअनुसार सन् २०१६ मा विश्वभर १५ देखि ४९ वर्षका उमेर समूहका १३ प्रतिशत व्यक्तिमा ‘हर्पेस सिम्प्लेक्स भाइरस टाइप—२’ संक्रमण देखिएको थियो । एचएसभी—२ लगभग विभिन्न पदार्थको सम्पर्कबाट हुन्छ ।

मानिसको जीनमा हुने समस्या तथा एलर्जिक अवस्थाका कारण छालामा यस्तो समस्या देखा पर्छ । यस संक्रमणले बारम्बार पीडादायी गराउँछ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हर्पेसको रोकथाम र उपचारका लागि जनचेतना फैलाउन र सेवाको स्तर बढाउनु आवश्यक देखिन्छ । हर्पेस सिम्प्लेक्स भाइरस प्राय ‘एचएसभी—१’ मुख्यतः मौखिक सम्पर्कबाट सर्छ । हर्पेसको संक्रमण मौखिक रुपमै फैलने गर्छ । कहिलेकाही मुखभित्र वा वरिपरि पीडादायी घाउहरू समेत देखा पर्ने गर्छ । मुख्यतयाः एसएसभी—१ र एसएसभी—२ मुख मैथुनको माध्यमबाट प्रजनन अंगमा सर्ने गर्छ ।

सन् २०१६ मा ६७ प्रतिशत ४९ वर्षका उमेरसम्मका व्यक्तिमा ‘एचएसभी—१’ संक्रमण पाइएको थियो । प्रायः संक्रमण ओरलबाट सरेको थियो । ’जेनिटल हर्पेस’ विश्वव्यापी रूपमा स्वास्थ्य चिन्ताको विषय मानिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ‘जेनिटल हर्पेस एचएसभी’का कारण हुने आम यौन संचारित रोग हो ।

‘यसको संक्रमणसँगै बाँचिरहेका व्यक्तिहरूले भोग्ने सम्भावित पीडा र असुविधाले यौन र प्रजनन स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ,’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मा आबद्ध रहेका यौन र प्रजनन स्वास्थ्य र अनुसन्धान विभागका निर्देशक डा. इयान एस्क्यूले भने ।

हर्पेस र एचआईभी

एचएसभी संक्रमण भएका व्यक्तिहरूलाई कम्तिमा पनि तीन गुणा बढी एचआईभी संक्रमित हुने सम्भावना हुन्छ । त्यसैले, एचएसभी—२ सम्भवतः एचआईभीको विश्वव्यापी प्रसारमा ठोस भूमिका खेल्छ । महिलामा बढी एचएसभी—२ र एचआईभीको हुने सम्भावना हुन्छ ।

कुनै उपचार छैन्, खोप आवश्यक छ

हर्पेस निको पार्ने कुनै उपचार नभएको बताइएको छ । एन्टीभाइरल औषधीहरू जस्तैः एसाइक्लोभीर, फेमिसीक्लोभीर, र भ्यालाक्लोभीरले संक्रमणको फ्रिक्वेन्सी कम गर्न मद्दत गर्दछ तर संक्रमणलाई भने निको पार्न सक्दैन ।

एचएसभीको लक्षण देखिएका व्यक्तिहरुमा एचआईभी लाग्न नदिन जनचेतना फैलाउनेदेखि एन्टीभाइरल औषधीमा सुधार तथा पहुँचका लागि विश्वव्यापी रुपमा पहल गर्नु आवश्यक छ । विशेषगरी उपयुक्त उपचारको विकास र एचएसभी खोपको आवश्यकता देखिन्छ ।

‘एचएसभी’ संक्रमणको खोपले विश्वका लाखौं मानिसहरु र विशेष गरी महिलाहरुको स्वास्थ्य र हितको संरक्षण गर्न सहयोग मात्र पु‍¥याउँदैन्, यसले एचआईभीको प्रसारलाई सुस्त बनाउन पनि सम्भवतः प्रभाव पार्न सक्छ,’ विश्व स्वास्थ्य स्वास्थ्य संगठनको ग्लोबल एचआईभी, हेपेटाइटिस र एसटीआई कार्यक्रम विश्व विभागका निर्देशक डा. मेग डोहर्टीले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ