कैलालीमा कोरोनाको चुनौतीसँग जुध्न थप तयारी हुँदै

धनगढी – कैलालीमा कोरोना भाइरस (कोभिड १९) रोकथान र नियन्त्रणमा थप चुनौती आउन सक्ने भन्दै तयारी सुरु गरिएको छ । कैलाली जिल्ला संग नजिकै रहेको बाँकेमा कोरोना संक्रमितको संख्या बढेसैगै कैलालीमा थप सर्तकता अपनाउन थालिएको हो ।
भारतका विभिन्न ठाउँमा क्वारेन्टाईनमा राखिएकाहरुलाई नेपाल भित्राउने अवस्था आउन सक्ने भन्दै धनगढीमा सुरुको व्यवस्थापनको तयारी हुँदैछ । ‘यसअघि नै धनगढीमा कोरोना भाइरस (कोभिड १९ )का विरामी देखिएकाले पनि हामी समस्यामा थियौं’ , ‘कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले भने, ‘नजिकै रहेको बाँके जिल्लामा जसरी समुदायतहमा संक्रमण देखिएको छ। यसले झस्काएको छ । थप तयारी अन्तरगत सिमासिल,चेकजाँचमा कडाई गरेका छौं संयोजक थापाले भने, ‘क्वारेन्टाईनको संख्या पनि थप गरिरहेका छौं ।’
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कैलाली बहुमुखी क्याम्पस लगायतका ठाउँमा दुईदिन भित्रै १ हजार भन्दा बढी ब्यक्तिहरु राख्नसक्ने गरि क्वारेन्टाईनको ब्यबस्था भैरहेको बताए । उनले भने, सिमाबाट भित्रीने पेट्रोलियम पदार्थ लगायतका सवारी साधनहरु र चालकलाई सेनीटाईज मात्रैले नहुने भएपछि ¥यापिड परिक्षण सुरु गरेका छौं । अन्यत्रबाट लुकीछिपी आउने खतरा देखिएपछि सिमामा कडाई गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलाली जिल्ला मंगलबार देखि पूर्ण रुपमा लकडाउन गरिएको बताए ।
उनले भने, ‘जिल्ला प्रशासन कार्यालय कैलालीले दिने सवारी चलाउन दिईने ई–पास समेत बन्द गरेका छौं । भारतका बिभिन्न ठाउँमा क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्राउने विषयमा प्रदेश सरकारले संघ सरकारसँग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘संघ सरकारबाट सकारात्मक जवाफ आएमा तिनीहरुलाई ब्यबस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले पनि धनगढीमा थप सर्तकता र तयारी भैरहेको छ ।’ कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भारतमा क्वारेन्टाइनमा राखेकाहरु नेपाल भित्राउने अवस्था आएमा कसरी ब्यबस्थापन गर्ने भन्ने तयारीमा आफुहरु जुटिरहेको बताए ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ७ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस